PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

काठमाडौं लैजाँदै गर्दा कोरोना संक्रमितको बाटैमा मृत्यु, एचआइभी संक्रमितको पनि कोरोनाका कारण गयो ज्यान



राधेश्याम पटेल

काठमाडौं लैजाँदै गर्दा कोरोना संक्रमितको बाटैमा मृत्यु, एचआइभी संक्रमितको पनि कोरोनाका कारण गयो ज्यान

वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। वीरगंज १२  मुर्लीका ४८ वर्षीय पुरुष र वीरगंज २२ मनियारिका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

मुर्लीका ४८ वर्षीय संक्रमित भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएर साँझ साढे ५ बजे  नेसनल मेडिकल कलेज वीरगंजबाट रेफर भएर नारायणी अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए। उनको गए राति ११:५५ बजे उपचारको क्रममा आइसीयूमा मृत्यु भएको हो।

उनी हेपाटाइटिस बि र एचआईभी संक्रमित पनि थिए। कोभिड अस्पतालको आइसीयूमा भर्ना भएको साढे ५ घण्टापछि उनको अचानक मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए ।

त्यसैगरी, मनियारीका ३७ वर्षिय पुरुषको राति ११:४१ बजे थप उपचारको क्रममा वीरगंज हेल्थकेयर अस्पतालबाट काठमाडौं लाने क्रममा राति ३ बजे मुग्लिन नजिक मृत्यु भएको उनले बताए।

उनको शव अहिले हेल्थकेयरमा ल्याइएको छ। तीन दिन अघि संक्रमण पुष्टि भइ हेल्थकेयरमा भर्ना भइ उपचार भइरहेको अवस्थामा अवस्था विग्रिन थालेपछि राति एम्बुलेन्समा राखेर अक्सिजनसाथ काठमाडौं पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell