PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुरेश रैनाले आइपिएल नखेल्ने



पहिलोपोस्ट

सुरेश रैनाले आइपिएल नखेल्ने

१३ औं इन्डियन प्रिमियर लिग आइपिएलको मिति नजिँदै गर्दा चेन्नइ सुपर किंग्सका अनुभवी ब्याट्सम्यान सुरेस रैनाले आफ्नो नाम फिर्ता लिएका छन्। उनी आफ्नो ब्यक्तिगत कारण देखाउँदै भारत फर्किएको चेन्नइ सुपर किंग्सले जनाएको छ।

यसअघि टिमका १२ सदस्यहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै सुपर किंग्समा डरको माहोल बनेको थियो। चेन्नइ सुपर किंग्सले आफ्नो ट्वीटर ह्यान्डलबाट रैना भारत फर्कने पुष्टी गरेको छ।

‘सुरेश रैना निजी कारणले भारत फर्कँदै छन्। उनी पुरा सिजन आइपिएलमा उपलब्ध हुने छैनन्। चेन्नइ सुपर किंग्सले यस्तो अवस्थामा उनको र परिवारको साथ दिने छ।’ ट्वीटमा लेखिएको छ।

भारतीय मिडियाहरुका अनुसार रैनाका एकजना नजिकको आफन्तको पञ्जाबमा हत्या भएको छ। जसका कारण रैनाको परिवार तनावमा रहेको बताइएको छ।

रैनाले १५ अगस्टमा भारतीय टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell