PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित एक महिलाको मृत्यु

चितवनः चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो। मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनमा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

यो सँगै जिल्लामा कोरोना सङ्क्रमण मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। तीमध्ये चितवनका चार, कैलालीका एक, मकवानपुरका चार र गोरखाका एक जना रहेका छन्। चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell