प्रेम वियोगमा रहेका रवि पात्रको परिचयसँगै सुरु हुन्छ फिल्म ‘सडक २’। उ ट्याक्सी व्यवसाय गर्छ। धरापमा रहेको त्यही व्यवसाय ठप्प हुनुअघि उनको भेट हुन्छ आर्या नामकी युवतीसँग। ती युवती जीवनमा घटेको एक घटनाका कारण दिमागमा बद्लाको भाव बोकेर हिँडेकी हुन्छिन्। फिल्मका अर्का पात्र हुन् विशाल जो आर्याको खुशीको कारण हुन्छन्।
यी तीन पात्र सडक यात्रामा निस्कन्छन्। उनीहरूको गन्त्वय भने एक चमत्कारी बाबाको आश्रम। ती बाबा र आर्याबीचको सम्बन्ध के? विशाल र आर्याको प्रेम साँचो हो? अनि सामान्य ट्याक्सी ड्राइभर रवि र आर्याको सम्बन्ध कस्तो? यिनै विषयमो सेरोफेरोमा अघि बढ्छ फिल्म ‘सडक २।’
शुक्रवार डिज्नी प्लसमार्फत् प्रदर्शनमा आएको फिल्मको दर्शक प्रतिक्रिया नकारात्मक छ।
दीक्षा वर्मा नाम गरेको ट्वीटर प्रयोगकर्ताले लेखेकी छिन् – यो फिल्म वर्षकै सबैभन्दा असफल फिल्म हुनेवाला छ।
Wait is finally over Sadak 2 finally out today! Thrilled for sadak2 bcz it gonna be a biggest flop of the 2020 pic.twitter.com/bdlHSlxSJF
— Diksha Verma (@vermaadikshu) August 28, 2020
निशान्तले लेखेका छन् – सडक २ हेर्दै गर्दा लाग्यो, कसैले फर्वाड गरेर सकिदिइ हाले पनि हुन्थ्यो।
Me after watching Sadak 2 for only 2 minutes: pic.twitter.com/w9DywpYpNX
— Neeshantt🎭 (@thenishantrana) August 28, 2020
तरुणा अग्रवालले भनेकी छिन् – अन्तत: ‘नेपोज किड’हरू सडकमा ल्याउने समय आयो।
फिल्ममाथि ट्रोल बनिरहेको छ। फिल्मको ट्रेलरको अलोकप्रियतासँगै फिल्मको असफलता अनुमान गरिएको थियो। आम दर्शकले ट्रेलरमा ‘डिस्लाइक अभियान’ नै चलाए। कारण सुशान्त सिंह राजपुतको निधनसँगै चर्किएको ‘बलिउडमा नातावाद’को वहस।
When she says baby #Sadak2 dekhne chlte h coz Watch Sadak2 Now is trending... pic.twitter.com/zn9D8d1EDM
— PUNter(Sasta Celeb) (@aye_m_rajat) August 29, 2020
Me to them who are asking to Watch Sadak2 Now
— Awarapan 🇮🇳 (@KingSlayer_Rule) August 29, 2020
👇 pic.twitter.com/TC3viyaNiC
फिल्मको समीक्षात्मक टिप्पणी पनि राम्रो छैन।
बलिउड समीक्षक तरण आदर्शले फिल्मबारे भनेका छन् – ‘सडक २ असह्य छ। यस फिल्मको प्रिक्वेलसँग तुलना समेत गर्न सकिन्न।‘ उनले फिल्मको प्लट, पटकथा एवं संगीतको आलोचना गरेका हुन्। आदर्शले फिल्मलाई १ स्टार दिएका छन्।
‘सडक २’ निकै भयानक फिल्म बनेको छ’, द इन्डियन एक्सप्रेसका लागि सुभ्रा गुप्ताले लेखेकी छिन्,’सायद कुनै दिन महेश भट्ले आलियासँग हेर्न लायक फिल्म बनाउँछन्। सडक २ चाहिं त्यस फिल्म होइन।‘ गुप्ताले पनि फिल्मलाई १ स्टार दिएकी छिन्।
हिन्दुस्तान टाइम्सले लेखेको छ – सन् २०२० को सबैभन्दा नराम्रो फिल्म। आफ्नै जोखिममा यो सडकको यात्रा गर्नुस्।
बलिउड हंगामाले ०.१ स्टार दिँदै लेखेको छ – महेश भट्को निर्देशनले काम गरेको छैन।
सडक २ को यूट्युबमा सर्वाधिक (१२ मिलियन पटक) डिस्लाइक गरिएको फिल्मको ट्रेलर हो।
महेश भट् निर्देशित ‘सडक २’ मा आलिया भट्, आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट् लगायतको अभिनय रहेको छ। फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको फिल्म सन् १९९१ मा प्रदर्शन भएको 'सडक'को सिक्वेल हो। फिल्ममा पूजा भट् र सञ्जय दत्तको मुख्य अभिनय रहेको थियो।
एनडिटिभीले फिल्म नहेर्न सुझाव दिएको छ।
