PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

भदौ १८ सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको वीरगंजको यस्तो छ हाल

भदौ १८ सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको वीरगंजको यस्तो छ हाल

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : चैत अन्तिम सातादेखि असार मध्यसम्म पहिलो वेभ समाप्त हुदा वीरगंजमा कोरोना संक्रमण नियन्त्रण भएपछि वीरगंजमा निषेधाज्ञा हटाई कार्यालय तथा बजार,व्यवसाय सहज पारिएको थियो।

तर साउन पहिलो सातादेखि लक्षणसहितका संक्रमित भेटिन थालेपछि पर्सा कोरोनाको दोस्रो वेभको चपेटामा फस्दै गयो। तसर्थ स्थानीय प्रशासनले साउन १० देखि २० गतेसम्म वीरगंजमा मात्र निषेधाज्ञा लगायो। दोस्रो चरणमा साउन ३२ सम्म जिल्ला भरी निषेधाज्ञा विस्तार गरियो। जिल्लाको ग्रामीण भेगमा पनि अत्याधिक संक्रमित भेटिन थालेपछि साउन ३२ को निषेधाज्ञा तेस्रोपटक भदौ १३ गतेसम्म लम्बयाइयो। नयाँ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कार्यभार सम्हाल्दा पर्सामा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको थियो।

उनले भदौ १३ सम्म निषेधाज्ञा बढाउन लगाए। त्यसपछि चौथोपटक शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साले अगामी भदौ १८ सम्म वीरगंज महानगरको ३२ वडामा मात्र निषेधाज्ञा सीमित राखिने गरी निरन्तरता दिएको निर्णय गरेको छ। एकातिर संक्रमितको संख्या घट्दै जानु र वीरगंजमा निषेधाज्ञा जारी रहनुले जनजीवन नराम्ररी प्रभावित बन्दै गएको छ। बजार, पसल, बैंक, यातायातलगायत सञ्चालनमा नआउँदा सबै क्षेत्रमा असर परिरहेको छ। विधुतीय माध्यमबाट बैंकिङ कारोबार गर्न नसक्नेले बैंकमा पैसा हुँदाहुँदै झिक्न पाएका छैनन्, खानेकुरा, औषधि उपचारलगायतका लागि अरुसँग सापटी माग्दा पनि नपाउने गरेका छन्। गरिब विपनन परिवार र दैनिक ज्यालादारीमा आश्रित हुनेहरु दुई छाक भोजनको लागि छटपटाईरहेका छन्।

वीरगंजको मेनरोडमा पसल बन्द भए तापनि भित्री गल्लीका पसलहरु आंशिक रूपमा खोलिए पनि भीडभाड देखिएको छ।

फोटोमा हेर्नुस् चौथो चरणको ३४ दिनदेखि निषेधाज्ञा गरिएको वीरगंज :



ट्रेन्डिङ पोस्ट

Ncell