PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पर्साको ग्रामीण भेगमा अत्यावश्यक औषधि र खाद्यान्नको अभाव, प्रहरी प्रशासनले दु:ख दिएको गुनासो



राधेश्याम पटेल

पर्साको ग्रामीण भेगमा अत्यावश्यक औषधि र खाद्यान्नको अभाव, प्रहरी प्रशासनले दु:ख दिएको गुनासो

वीरगंज: पर्साको ग्रामीण भेगमा अतिआवश्यक औषधि, दैनिक उपभोग्यका समान, खद्यान्न सामग्री एवं कृषिजन्य समानको चरम अभाव सृजना हुँदै गएको छ।

व्यवसायीका अनुसार समान किनेर ल्याउँदा प्रहरीले पक्राउ गर्ने, कुटपीट गर्ने र मंहगो पनि परेकोले समान न्यून मात्र खरीद गरेर जेनतेन पसल सञ्चालन गरेको कारण यस्तो अवस्था सृजना हुँदै गएको हो। बाटोभरी पोस्ट खडा गरेर बसेका सुरक्षाकर्मीले वीरगंजबाट अत्यावश्यक समानहरु खरीद गरी ल्याउँदा नजराना माग्ने गरेको व्यवसायीहरुको आरोप छ।

‘गाउँको औषधि पसलहरुमा अहिले औषधि छैन। ज्वरोको औाषधिको कालोबजारी छ। सरकारी अस्पताल बन्द छ, स्वास्थ्यकर्मीहरु कोभिडतर्फ केन्द्रीत भएका छन्। खेतमा छर्नका लागि मल छैन। खेतमा लगाएको धानबालीमा अनेक किसिमका किरा लागेको छ। गाउँका स्थानीय सरकारका प्रमुखहरु हाल वीरगंजमा लुकेर बसेका छन्। सांसदहरु चुप छन्। आखिर कसले हेर्ने हो गाउँको समस्या?’ पर्सा, धोबिनी गापा लंगडी बजार निवासी सुबोध कुर्मीले आक्रोश पोखे।

पर्साका ग्रामीण भेगका नेपाल तथा सशस्त्र प्रहरीको व्यवहारको कारण समस्या थपिँदै गएको गाउँमा बस्ने जनताहरुको गुनासो छ। कोराना संक्रमण नियन्त्रणका लागि पर्सामा लगाएको लकडाउन तथा निषेधाज्ञाको कारण ग्रामिण भेका जनता खाद्यान्न र औषधिबाट वञ्चित हुने अवस्था आएको हो।

पर्साको पूर्वी छोरमा रहेको सदरमुकाम वीरगंजबाहेक सबै अन्य १३ वटा पालिकाका पर्सावासी पश्चिमी क्षेत्रमा बस्ने गर्छन्। तर, वीरगंजमा बसेका नेता तथा सुरक्षाकर्मीहरु गाउँमा बस्ने सबै जनताहरु तस्कर व्यापारी रहेको बुझ्ने गरेका छन्। वीरगंजबाट समान खरीद गरि गाउँमा लग्दा प्रहरीले पक्राउ गर्नुका साथै कुटपीट गर्ने गरेका छन्।

कुनै समानहरु खरीद गरि ल्याउँदा प्रहरीले पक्राउ गर्दा यत्रो समानहरु कसरी पर्साका जनताहरुले खान्छन् भनी तस्करको संज्ञा पनि दिने गरेको ग्रामीण भेगका व्यवसायीहरुको भनाई छ। सोही क्रममा हिजो वडा प्रहरी कार्यालय श्रीपुरले २० दर्जन केरा, एक क्वीन्टल स्याउ पक्राउ गरि भन्सार बुझाएको थियो। नेपाल प्रहरीको रवैया ठिक नरहेको प्रदेशसभा सदस्य प्रहलाद गिरिले बताए।

पर्साका ग्रामिण भेगमा बसोबास गर्ने जनता तथा व्यापारीहरु अहिलेसम्म वीरगंजभन्दा बढी भारतीय बजारहरुबाट तथा दैनिक उपभोगमा समानहरु खरीद गरि ल्याउने गरेका थिए। नेपाल-भारत सीमा बन्द हुँदा भारतीय बजारबाट आयात गर्न पाएका छैनन्। गाउँमा बसोबास गर्नेहरु गाउँ टोल तथा स्थानीय चौकहरुमा रहेका पसलहरुबाट समान खरीद गरि आफ्नो गुजारा चलाउँदै आएका थिए। तर अहिले ती पसलहरुमा केही समानहरु छैन। जेनतेन गरि पैसा जम्मा गरेर दैनिक उपभोगका समानहहरु खरिद गर्न पसलमा पुग्दा आवश्यक्ता अनुसार समान नपाएको उनीहरुको गुनासो छ।

किसानहरुबाट व्यापारीले खरीद गरेको धान वीरगंज बजारमा ल्याउँदा भारतीय धान भन्दै प्रहरीहरु दुर्व्यवहार गर्दै आएको गुनासो छ। ग्रामिण क्षेत्रबाट सदरमुकाममा समानहरु ल्याउँदा ती समानहरु भारतीय हो, वीरगंजबाट समान खरीद गरि गाउँमा लग्दा भारतमा लगिरहेको देख्ने प्रहरी प्रशासनको व्यवहारले यस क्षेत्रका बासिन्दा आजित छन्। सीमा बन्द रहेको अवस्थामा पनि सुरक्षाकर्मीले सामग्रीलाई भारतबाट नै ल्याएको देखिरहेका छ्न्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell