PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

विद्युत ट्रान्सफर्मरमा आगलागी हुँदा नेशनल अक्सिजन वीरगंजको उत्पादन बन्द



पहिलोपोस्ट

विद्युत ट्रान्सफर्मरमा आगलागी हुँदा नेशनल अक्सिजन वीरगंजको उत्पादन बन्द
फाइल तस्विर

वीरगंज : कोभिड १९ महामारीमा अक्सिजन सिलिन्डरको माग बढका बेला वीरगंजको नेशनल अक्सिजन इण्डष्ट्रिज प्रालिको उत्पादन बन्द भएको छ।

वीरगंज-१४ गण्डक बहुअरीमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगको गएरातिदेखि उत्पादन ठप्प भएको उद्योगका सञ्चालक डा.अबुलहैस अन्सारीले जनाए। गएराति अचानक ११ हजार केभिएको प्रसारण लाइनमा विद्युत भोल्ट फलक्चुएट गर्दा उद्योगको साढे ७ सय केभिएको ट्रान्सफरमरमा आगलागी हुँदा उद्योगको उत्पादन ठप्प भएको अन्सारीले बताए।

६ करोडको लगानीमा स्थापित उद्योगमा भएको आगलागीले ट्रान्सफरमर, डिजिटल मिटर तथा विद्युतीय प्यानलको सबै तारहरु पनि जलेर करिब ५० लाखको क्षति भएको उद्योगले दावी गरेको छ।

यसबारे पर्साका प्रजिअ अस्मान तमाङ तथा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रलाई जानकारी गराइसकेको र चाँडै विद्युत सेवा सुचारु गरि उत्पादन थाल्ने प्रयास भइरहेको छ।

उद्योगले वातावरणबाट अक्सिजन संचित गरि सिलिन्डरमा भर्ने अटोमेटिक प्लान्ट चलाउँदै आएको थियो। ४७ लिटरको दैनिक ६ अक्सिजनको सिलिन्डर उत्पादन गरि वीरगंज तथा प्रदेश २ को विभिन्न जिल्लाको अस्पतालमा बिक्री गर्दै आएको थियो।

वीरगंजमा नेपालकै पुरानो ज्योति समूहको दैनिक ५ सिलिन्डर उत्पादन गर्ने हिमाल अक्सिजन तथा ३ सय सिलिन्डर उत्पादन क्षमताको मधु अक्सिजन प्रालि पनि परवानीपुर, वीरगंजमा सञ्चालनमा छन्।

वीरग्ंजमा अहिले दैनिक ७ सय सिलिन्डरको विभिन्न अस्पतालमा खपत छ। बाँकी अक्सिजन सिलिन्डर नेपालको विभिन्न ठाउँमा बिक्रीको लागि पठाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell