PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कैलालीमा ५ दिन थपियो निषेधाज्ञा, संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव



एम बम

कैलालीमा ५ दिन थपियो निषेधाज्ञा, संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव

कैलाली : कैलालीमा जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ। शुक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लम्ब्याउन गरेको सिफारिसका आधारमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गतेसम्म जारी राख्ने निर्णय गरेका हुन्।

यसअघि कोभिड १९ महामारीको जोखिम न्यूनीकरणका लागि भदौ ४ गते मध्यरातिदेखि १४ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

अहिले समुदायमा समेत कोरोना संक्रमण बढ्दै गएको अवस्थामा स्थानीय संक्रमित बढ्दै गएका छन्। त्यसैले धनगढीसहित जिल्लाभरी जारी निषेधाज्ञाले यसको रोकथाम र नियन्त्रणमा सकारात्मक प्रभाव पारेकोले निषेधाज्ञा अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell