PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

डा. गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन चिकित्सक संघको माग



पहिलोपोस्ट

डा. गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन चिकित्सक संघको माग

काठमाडौं: नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डाक्टर गोविन्द केसीमाथि सुरक्षाकर्मीको अवरोध हटाउन माग गरेको छ।

संघका महासचिव डा. बद्री रिजालद्वारा शनिवार जारी विज्ञप्तिमा चिकित्सक संघका आजीवन सदस्य डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँड्डूल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता गतिविधि रोक्न माग गरिएको छ।

संघले कोभिड–१९ को संक्रमणको समयमा पनि डाक्टर केसी नेपालको अत्यन्त दुर्गम स्थानमा गई त्यहाँका जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेको स्मरण गराएको छ।

‘यस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँड्डूल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell