PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जेठमा बलात्कार, भदौमा पक्राउ



पहिलोपोस्ट

जेठमा बलात्कार, भदौमा पक्राउ

म्याग्दी : म्याग्दीमा एक पुरुषलाई बलात्कारको अभियोगमा घटनाको तीन महिनापछि पक्राउ गरिएको छ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-४ मुदी बस्ने ३४ वर्षीय केशव घर्तीलाई बिहीवार प्रहरीले पक्राउ गरेको हो।

घर्तीले ती महिलालाई जेठ १६ गते ललाई फकाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

घर्तीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत म्यागदीबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell