PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मोरङका ४७ जनासहित प्रदेश १ मा थपिए १ सय १२ कोरोना संक्रमित



फूलमाया पुरी

मोरङका ४७ जनासहित प्रदेश १ मा थपिए १ सय १२ कोरोना संक्रमित

विराटनगर : प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। आज ३४ महिला र ७८ पुरुष संक्रमित थपिएका हुन्।

मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा महिला १० र पुरुष ११ जना रहेका छन्।

त्यस्तै, मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १/१ पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष तथा धरानमा २ महिला र ४ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश बाहिरकी एक महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ। प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन्। झापा मेचीनगरको धाईजन आइसोलेसन केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ। प्रदेश १ मा आज १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ। आज परीक्षण गरिएकामध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell