PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपालमा कोरोना संक्रमितको मृत्यु २ सय पार



पहिलोपोस्ट

नेपालमा कोरोना संक्रमितको मृत्यु २ सय पार

काठमाडौं : नेपालमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या २ सय पार भएको छ। शनिवार थप १२ जना कोभिड १९ संक्रमितको मृत्यु दर्ता भएसँगै नेपालमा मृत्युको दोहोरो सतक पार भएको हो।

सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्युसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु सुरुवात भएको थियो। सुरुका दिनमा नेपालमा अधिकांश मानिसमा मृत्युपछिमात्र संक्रमण पहिचान हुने गरेकोमा पछिल्लो समयमा भने उपचारका क्रममा मृत्यु हुने देखिएका छन्।

शुक्रवार र शनिवार १२/१२ जनाको मृत्यु भएको हो। आज मृत्यु भएका मध्ये ६ जना काठमाडौंका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell