PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

भारतबाट फर्किएर धनगढीमा बेहोस भएका एक पुरुषको उपचारका क्रममा मृत्यु 



पहिलोपोस्ट

भारतबाट फर्किएर धनगढीमा बेहोस भएका एक पुरुषको उपचारका क्रममा मृत्यु 

कैलाली : भारतबाट धनगढी फर्किएका एक पुरुषको मुत्यु भएको छ। भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावल धनगढीको मोहनापुलमा बेहोस भएका थिए।

क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शनिवार बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका उनी मोहना नदीको पुलमा एक्कासी बेहोस भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell