PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

१ हजार १९१ जनामा परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित



एम बम

१ हजार १९१ जनामा परीक्षण गर्दा सुदूरपश्चिममा थपिए ६४ जना कोरोना संक्रमित

कैलाली : सुदूरपश्चिम प्रदेशका तीन प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा थप ६४ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ३९ जनाको कोरोना परीक्षण भएकोमा तीन महिला र १२ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अछामका ९ र कैलालीका ६ जनामा संक्रमण पुष्टि भएको हो। उनले अछामको साँफेवगरका एक महिला र ८ पुरुषसहित ९ जना, कैलालीको गोदावरीका तीन पुरुष र एक महिला गरी चार जना, धनगढीकी एक महिला र स्थानीय तह नखुलेका कैलालीकै एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका दुई जनामा संक्रमण पुष्टि भएको बताए।

शनिवार ६४ जना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ८ सय तीन पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell