PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरमा एक व्यक्तिको मृत्युपछि कोरोना पुष्टि, पहिलो पीसीआर परीक्षणको रिपोर्ट थियो नेगेटिभ



फूलमाया पुरी

विराटनगरमा एक व्यक्तिको मृत्युपछि कोरोना पुष्टि, पहिलो पीसीआर परीक्षणको रिपोर्ट थियो नेगेटिभ

विराटनगर : विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मोरङको पथरीशनिस्चरे नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब निरीक्षक मान बहादुर राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार गत भदौ ३ गतेदेखि मलेरिया भइ उपचार गराइरहेका ती व्यक्तिको पहिलो पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनको सामान्य रुपमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा आज साँझ ६ बजे मृत्यु भएको र पुनः पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell