PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेता रामचन्द्र पौडेलले अघि सारे १० नारा : वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने



पहिलोपोस्ट

नेता रामचन्द्र पौडेलले अघि सारे १० नारा : वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र राष्ट्र सम्बन्धी दश नारा अघि सारेका छन्। नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने तथा नेपालको उन्नतिको बाटो देखाउने लगायतका नाराहरु अघि सारेका हुन्।

आफूले नारा मात्र नलगाएको भन्दै नेता पौडेलले भन्ने कुरा धेरै भनेको तथा गर्ने काम पनि धेरै गरेको स्पष्ट पारेका छन्।

‘मैले नारा मात्र नलगाएको हो। भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु। प्रचारको कमि हुन सक्छ,’ उनले भनेका छन्।

उनको नाराको पहिलो बुँदामा नेपालको वर्तमान संविधान लागू गर्ने कुरा उल्लेख गरेका छन्। त्यस्तै उनले नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने विषयमा पनि नारामा समावेश गरेका छन्।

नेता पौडेलले नेपालको उन्नतिको बाटो देखाउने, नेपालमा सुशासन लागू गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने कुरा समेत नारामा उल्लेख गरेका छन्।

यसैगरी, नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने, नेपाली जनतामा देशभक्तिको भावना जगाउने, नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने तथा नेपाली कांग्रेस विचार शुन्य र दिशाविहीन छैन भन्ने सावित गराउने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell