PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ



पहिलोपोस्ट

गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङका आधामा शुक्रबार मन्त्री थापाको परीक्षणका लागि स्वाब लिइएको थियो।

एक  साताअघि छाउनीमा एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि गृहमन्त्री ट्रेसिङमा परेका थिए। थापा  सीसीएमसी बैठकमा सहभागी हुन छाउनी पुगेका थिए।

साउनको तेस्रो साता पनि गृहन्त्री ट्रेसिङमा परेका थिए।  प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोभिड-१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि परीक्षण गरिएको थियो। त्यो बेला पनि रिपोर्ट नेगेटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell