PahiloPost

Jun 24, 2025 | १० असार २०८२

विदेशमा अलपत्र दुई सय ६० नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश



रासस

विदेशमा अलपत्र दुई सय ६० नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश
फाइल फोटो।

काठमाडौं : विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौं ल्याएको छ।

त्यस्तै, जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ २ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।

थप नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ।

आइतवारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ। भुटानको ड्रक एयरले बिहान पारोबाट काठमाडौं चार्टर्ड उडान गर्दैछ। नेपाल एयरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एयरलाइन्सले अबुधाबी र श्रीएयरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell