PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रौतहटका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रौतहटका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा रौतहटका एक जना ३० वर्षीय कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गम्हरिया ३ बस्ने ३० वर्षीय युवक रहेका छन्।

शनिवार राति साढे ७ बजे नारायणी अस्पताल अन्तर्गतको वीरगंज हेल्थकेयर हस्पिटलको आसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि भदौ ११ गते नारायणी अस्पतालमा भर्ना गरी स्वाब परीक्षणको लागि पठाइएको थियो।

शुक्रवार उनको रिपोर्ट पोजिटिभ देखिएपछि साँझ वीरगंज हेल्थकेयर हस्पिटलमा सिफ्ट गरिएको थियो। वीरगंजमा यो रौतहटका संक्रमितको तेस्रो मृत्यु हो भने रौतहटको चौथो हो।वीरगंजमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

जसमा पर्साका ३६, बाराका ११ र रौतहटका ३ जनाको मृत्यु भएको छ। वीरगंजमा मृत्यु हुनेमध्ये २ भारतीय नागरिक र एक पहिचान नखुलेका व्यक्ति रहेका छन्। योसँगै प्रदेश २ मा ८७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell