काठमाडौँः बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार ९ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो।
भेरी अस्पताल र बागेश्वरी ल्याबबाट भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
नयाँ संक्रमित थपिएसँगै बाँकेमा कूल संक्रमित ९९० पुगेका छन्। २७९ जना शनिबारसम्म उपचाररत छन्। ७०३ जना उपचारपछि निको भइ घर फकिँदा ६ जनाको मृत्यु भएको छ।
