PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

देउवामाथि ओलीको हमला : उहाँ भए सरकार सफल हुन्थ्यो?



पहिलोपोस्ट

देउवामाथि ओलीको हमला : उहाँ भए सरकार सफल हुन्थ्यो?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि हमला बोलेका छन्।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्ने आरोप लगाउने प्रतिपक्षी नेतालाई उल्टै चुनौती दिए।

कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै ओलीले भने, 'उहाँले को सरकारलाई सफल मान्नुभयो? भारतलाई, अमेरिकालाई? कुन देश असफल भएन? युरोप, अमेरिकाको के हालत छ? उहाँ भएको भए सरकार सफल हुन्थ्यो?'

प्रधानमन्त्री ओलीले प्रतिपक्षीको काम विरोध गर्ने नभई सत्य बोल्ने हुनुपर्नेमा पनि जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell