PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्रीको प्रश्न: ज्ञानेन्द्र शाह कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?



पहिलोपोस्ट

प्रधानमन्त्रीको प्रश्न: ज्ञानेन्द्र शाह कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह फेरि राजतन्त्र फर्काउन सल्बलाएको कुरा बेतुक तर्क भएको टिप्पणी गरेका छन्।

'कहाँ सल्बलाए? कुनै मन्दिरमा गएको सल्बलाएको हो?' जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे।

उनले पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रविरुद्ध पनि लाग्न नसक्ने जिकिर गरे। 'उनको पछि लागेर हिजो केही खान पाएका मान्छेहरु भइदिए, हुन्थ्यो खाउँला भन्ने अवशेषहरु हुन्छन्,' ओलीले भने, 'ज्ञानेद्र शाह स्वयंमलाई नै जनताले टिपेर मिल्काएको राजतन्त्र फर्काउँछन् भन्ने आशा नहोला। अरु कसैले ल्याएर सत्तासीन गराइदिन्छन् भन्ने अपेक्षा, भ्रम पनि छैन होला भन्ने मलाई लाग्छ। किनकि अहिले सार्वभौम जनताको शासन हो। त्यस्तो भ्रम छ भन्ने त्यसलाई प्रतिगमनतिर जान दिँदैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell