PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधि आर्सनललाई



पहिलोपोस्ट

लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधि आर्सनललाई

कम्युनिटी सिल्ड अन्तर्गत गएराति भएको खेलमा लिभरपुललाई हराउँदै आर्सनलले उपाधि जितेको छ। वेम्बले स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारितसमयसम्म खेल बराबरीमा रोकिएपछि पेनाल्टी मार्फत आर्सनलले जित निकालेको हो।

आर्सनलले खेलको १२ औं मिनेटमा अग्रता बनाएको थियो। बुकायो साकाको पासमा गोल गर्दै अबुमेयाङले खेलमा अग्रता बनाएका थिए। पहिलो हाफमा १-० ले अघि रहेको आर्सनलसँग दोस्रो लिभरपुलले बराबरी गर्‍यो। टकुमी मिनमिनोले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यससपछि दुवैतर्फबाट गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा लिभरपुलका रिहान ब्रेव्स्टरले पेनाल्टीमा मिस गरेभने आर्सनलको तर्फबाट पाँचै जनाले गोल गरे। र, पेनाल्टीमा ५-४ ले पछि पार्दै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell