PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सीपीएल: जमैकाको जितमा सन्दीपले लिए दुई विकेट



पहिलोपोस्ट

सीपीएल: जमैकाको जितमा सन्दीपले लिए दुई विकेट

क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आजराति भएको खेल सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले जित निकालेको छ। सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सलाई ३७ रनले हराउँदै जारी सिजन ६ खेल खेलेको जमैकाले तेस्रो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७९ रन बनाउँदा जर्मेइन ब्लाकउडले २७ रन, न्क्रुम बोनरले १६ रन तथा आशिफ अलीले १६ रनको योगदान दिए।

१४७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पेट्रियोट्स १९.४ ओभरमा ११० रनमा अलआउट भएको थियो। पेट्रियोट्सलाई सस्तैमा समेट्न कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछाने, वीरासम्मी परमउल र फिडेल एडवार्डले समान २/२ विकेट लिए। त्यस्तै मुजिव उल रहमानले १ विकेट लिए।

२ विकेट लिएर २७ रन दिएका लामिछानेले इभिन लेविस र इस सोधीको विकेट लिएका थिए।

जितसँगै ६ अंक जोडेको जमैका अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जमैकाले अर्को खेल ट्रिनबागो नाइट राइडर्ससँग सेप्टेम्बर १ मा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell