PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौं : चितवन मेडिकल कलेजमा कोभिड १९ संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

शनिवार राति उपचारको क्रमममा नवलपरासी (ब.सु.पू.), बिनय त्रिबेणी-६ का ६२ बर्षीय  पुरुषको मृत्यु भएको हो। यो सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङख्या १३ पुगेको गण्डकी प्रदेश कोरोना रोकथान तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका ५ जनामा कोभिड संक्रमण पुष्टी भएको हो।  

नवलपरासी (ब.सु.पू.), मध्यबिन्दु-४ का कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी हुन्। उनी कलेज अफ मेडिकल साइन्समा कार्यरत छिन्। उनी कलेजको आइसोलेसनमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell