PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा थप ४३ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा थप ४३ जनामा कोभिड १९ संक्रमण

काठमाडौ : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोभिड १९ पुष्टि भएको छ।

शनिवार राति १२ बजेसम्म थप परीक्षण गरिएका ४ सय ७२ नमुना मध्ये ४३ वटा नमुना कोभिड १९ देखिएको प्रयोगशालका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।

संक्रमण देखिएका मध्ये २७ जना भरतपुर महानगरपालिकाका रहेका छन् जसमा १० जना महिला र १७ जना पुरुष रहेका छन्। बाँकी संक्रमित भने झापा, तनहँ, नवलपुर, बारा, दाङ लगायत विभिन्न जिल्लाका मानिस रहेका छन्।

संक्रमित ४ वर्षीय बालकदेखि ६५ वर्षीया बुद्धा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell