PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

गण्डक कोभिड अस्पतालमा ४० वर्षीय संक्रमितको मृत्यु



पहिलोपोस्ट

गण्डक कोभिड अस्पतालमा ४० वर्षीय संक्रमितको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

वीरगंज : वीरगंजमा उपचारका क्रममा आइतवार बिहान थप एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रौतहटका ४० वर्षका हुन्

नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पताल गण्डक अस्पतालमा बिहान साढे ७ बजे रौतहट राजपुर, तुलसीका ४० वर्षीय संक्रमितको मृत्यु भएको नारायणी अस्पतालमा प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए।

उनका अनुसार मधुमेह तथा कडा निमोनियाका ४० वर्षे संक्रमित उनमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भयो। यससँगै रौतहटका ५ जना संक्रमितको मृत्यु भएको छ। वीरगंजमा पर्सा, बारा, रौतहट र दुई भारतीय नागरिकको गरी कूल ५० जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell