वीरगंज : नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजमा शनिवार भएको ४ सय ४२ जनाको परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिवार अबेर राति सार्वजनिक भएको रिपोर्टअनुसार पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १/१ जना गरी ७९ जनामा संक्रमण पुष्टि भएको हो।
वीरगंज २४ रामगढवाका एक जना ७५ वर्षिय वृद्धमा जिन एक्सपर्ट पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। ६ महिने बालकदेखि ९७ वर्षीय पुरुषसम्मका संक्रमित मध्ये २५ जना महिला र ५४ जना पुरुष रहेको जनाइएको छ।
पर्साका ४७ जनामध्ये पोखरीया नगरपालिकाका १२ जना, बाराको कलैयाका विभिन्न वडाका, विश्रामपुरका ३ जना, महागढीमाई र जितपुर सिमरा उपमहानगरपालिकका २/२ जना संक्रमित रहेका छन्।
