PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

प्रहरीको ७ राउन्ड गोलीले प्यारालाइज्ड युवालाई भेट्न जाँदै चुनावी प्रचारमा व्यस्त डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

प्रहरीको ७ राउन्ड गोलीले प्यारालाइज्ड युवालाई भेट्न जाँदै चुनावी प्रचारमा व्यस्त डोनाल्ड ट्रम्प
Reuters

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विस्कान्सिन राज्य पुग्दैछन्। उनी आउँदो मंगलवार रङ्गभेद आन्दोलनका कारण तनावग्रस्त सहर केनोसा जान लागेका हुन्। त्यहाँ उनले प्रहरीको गोली लागि प्यारालाइज्ड भएका युवकलाई भेट्नेछन्।

गत आइतवार प्रहरीले २९ वर्षीय ज्याकुब ब्लेकलाई नियन्त्रणमा लिने क्रममा करिव ७ राउन्ड गोली प्रहार गरेको थियो। प्यारालाइज्ड भएका ब्लेकको अवस्था हाल गम्भीर छ। साथै उनको पक्षमा न्यायको माग गर्दै आन्दोलन जारी छ।

यस आन्दोलनलाई अमेरिकामा अश्वेत नागरिकहरुमाथि भइरहेको विभेदविरुद्ध प्रदर्शनको दोस्रो चरणको रुपमा लिइएको छ। केही महिनाअघि जर्ज फ्लोइडको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएपछि विश्वभर रंगभेदविरुद्ध 'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलन सुरु भएको थियो। त्यस समय भने ट्रम्प यस आन्दोलनलाई लिएर सकारात्मक थिएनन्।

आउँदो नोभेम्बरमा ३ मा हुने राष्ट्रपति चुनावको प्रचारमा व्यस्त उनी यस पटक भने पीडितलाई नै भेट्न जान लागेका हुन्। त्यहाँ उनी कानूनी सल्लाहकारहरूसँग भेट्ने छन्। त्यहाँ भएका नोक्सानीबारे बुझ्ने बीबीसीमा जनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell