PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सैनिकद्वारा हेडक्वार्टरमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या



पहिलोपोस्ट

सैनिकद्वारा हेडक्वार्टरमा आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या

काठमाडौं : नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्।

आइतवार बिहान करिब ३ बजेतिर भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी उनले आत्महत्या गरेका हुन्।

'आत्महत्या गरेको देखिएको छ। थप अनुसन्धानको लागि नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु भइसकेको छ, 'नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने।

आत्महत्या गर्ने सैनिक तनहुँका स्थायीबासी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell