PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

तथ्याङ्कमा कोभिड-१९ संक्रमितको मृत्यु : प्रदेश २ मा धेरै, प्रदेश ५ लाई उछिन्यो वाग्मतीले



विधुर ढकाल

तथ्याङ्कमा कोभिड-१९ संक्रमितको मृत्यु : प्रदेश २ मा धेरै, प्रदेश ५ लाई उछिन्यो वाग्मतीले

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिवार ४ बजेसम्मको अध्यावधिक विवरणअनुसार नेपालमा ३७ हजार ३४० जना कोभिड-१९ संक्रमित पहिचान भएका छन्।

संक्रमण पुष्टि भएकामध्ये ५५ प्रतिशत निको भइसकेका छन् भने ४४.४ प्रतिशत उपचारकै क्रममा छन्। कुल संक्रमितको ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ।

पछिल्ला दिनहरुमा मृतकको संख्या दैनिक बढ्दै गएको छ। शनिवारमात्र १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। त्यसको अघिल्लो दिन शुक्रवार पनि १२ जनाकै मृत्यु भएको थियो।

गत साता आइतवारदेखि शनिवारसम्म मात्र ५८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रदेशगत मृतकको विवरण

शनिवारसम्म मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित प्रदेश हो - प्रदेश २। प्रदेश १ मा संक्रमितको संख्या १० हजार ५२८ पुगेको छ। जसमध्ये पाँच हजार ७६८ जना संक्रमित उपचारका क्रममा छन्।

त्यस्तै संक्रमण बढी पुष्टि हुने प्रदेशमा वागमती प्रदेश दोस्रो स्थानमा छ। यसअघि प्रदेश ५ दोस्रोमा थियो। वागमतीले प्रदेश पाँचलाई उछिनेको छ। वागमतीमा ६ हजार ८२४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रिय संक्रमितको आधारमा भने वागमती पहिलो स्थानमा छ। वागमतीमा पाँच हजार ७८२ जना संक्रमित उपचारका क्रममा छन्। प्रदेश ५ मा एक हजार ५२९ संक्रमित उपचारकै क्रममा छन्।

सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या ५ हजार ७८८ पुगेको छ। सुदुरपश्चिममा सक्रिय संक्रमित ९४४ छन्।

सुरुवातमा संक्रमणको लिस्टमा पुछारमा रहेको प्रदेश १ ले कर्णाली र गण्डकीलाई उछिनेको छ। प्रदेश १ मा तीन हजार २२९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सक्रिय संक्रमितको आधारमा प्रदेश १ तेस्रो स्थानमा छ। प्रदेश १ मा एक हजार ६४९ जना संक्रमित उपचारकै क्रममा छन्।

मृतकमध्ये ३९ प्रतिशत प्रदेश २ मा

प्रदेश २ मा सबैभन्दा बढी मृत्यु भएको छ। नेपालमा २०७ जनाको मृत्यु पुष्टि हुँदा प्रदेश २ मा ८१ जनाको मृत्यु भएको छ, जुन ३९.१ प्रतिशत हो। प्रदेश २ मा कुल संक्रमण पुष्टि हुनेमध्ये ०.७६ प्रतिशतको मृत्यु भएको छ।

त्यस्तै वागमती प्रदेशमा कुल मृत्यु मध्ये २३.२ प्रतिशत छन्। वागमतीमा ४८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। वागमतीमा पुष्टि भएका संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको छ। जुन नेपालको कुल संक्रमितमध्ये मृत्यु हुनेको दर भन्दा बढी हो। नेपालमा ०.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये प्रदेश ५ मा १३.५ प्रतिशत छन्। प्रदेश ५ मा २८ जनाको मृत्यु भएको छ। जुन प्रदेशमा कुल संक्रमितको ०.४४ प्रतिशतको मृत्यु भएको छ।

प्रदेश १ मा कुल संक्रमितमध्ये ०.७४ प्रतिशतको मृत्यु भएको छ। जुन देशभरको मृत्यु दरभन्दा बढी हो। नेपालमा कुल मृत्युमध्ये प्रदेश १ मा ११.६ प्रतिशत अर्थात २४ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा नेपालको कुल मृत्युको ५.८ प्रतिशत रहेको छ। गण्डकीमा १२ जना संक्रमितको मृत्यु भएको छ। जुन गण्डकीमा पुष्टि भएका कुल संक्रमितको ०.५४ प्रतिशत हो।

सुदुरपश्चिममा मृत्यु हुनेको संख्या १० छ। जुन नेपालको कुल मृत्युको ४.८ प्रतिशत र सुदुरपश्चिमको कुल संक्रमितको ०.१७ प्रतिशत हो।

नेपालको कुल मृत्युमध्ये सबैभन्दा कम कर्णालीमा १.९ प्रतिशत छ। कर्णालीमा ४ जनाको मृत्यु भएको छ। जुन त्यहाँको कुल संक्रमितको ०.१६ प्रतिशत हो।       

लिंगका आधारमा मृत्यु

महिलाको अवस्था संक्रमितको तुलनामा मृत्यु धेरै छ। कुल संक्रमितमध्ये महिला २१.३ प्रतिशत छन्। तर, कुल मृत्युमध्ये मध्ये २६.१ प्रतिशत महिला छन्। कुल २०७ मृत्यु हुँदा ५४ जना महिला छन्।

कुल संक्रमितको ७८.७ प्रतिशत पुरुष छन्। मृत्यु हुनेमध्ये   ७३.९ प्रतिशत पुरुष हुन्। अर्थात १५३ पुरुषको मृत्यु भएको छ।

उमेर समूहका आधारमा मृत्यु

उमेर समूहका आधारमा हेर्दा सबैभन्दा बढी मृत्यु ४१ देखि ५० वर्ष उमेर समूहका छन्। यो उमेर समूहका ४३ जनाको मृत्यु भएको छ। जुन २०.८ प्रतिशत हो। ६१ देखि ७० वर्ष उमेर समूहका २०.३ प्रतिशतको मृत्यु भएको छ। जुन ४२ हो।

 जोखिमपूर्ण समूहमा रहेका ८० वर्ष माथिका १४ र ७१ देखि ८० वर्ष समूहका २७ जनाको मृत्यु भएको छ। जुन कुल मृत्युको १३ प्रतिशत हो।

त्यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका ४० जना अर्थात १९.३ प्रतिशत छ।  

मृतकमध्ये ३१ देखि ४० वर्षका ९.७ प्रतिशत, २१ देखि ३० वर्ष उमेर समूहका ५.८ प्रतिशत, ११ देखि २० वर्ष उमेर समूहका २.४ प्रतिशत र १० वर्ष सम्मका १.९ प्रतिशत छन्।

उमेर समूहका आधारमा संक्रमित

नेपालमा कुल संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका छन्। यो उमेर समूहका ३५.८ प्रतिशत छन्। त्यस्तै ३१.४० वर्ष उमेर समूहका २४.६ रहेका छन्। ८० वर्ष माथिका ०.३ प्रतिशत छन्।

संक्रमण संक्रिय समूहमा बढीदेखि पनि मृत्यु भने जोखिम पूर्ण समूहका बढी छन्। कुल संक्रमितमध्ये ४१ वर्ष देखि ५० वर्ष उमेर समूहका १२.९, ११ वर्षदेखि २० वर्ष सम्मका ११.८, ५१ देखि ६० वर्ष समूहका ६.५ प्रतिशत छन्।

त्यस्तै १० वर्षभन्दा कम उमेरका ३.८ प्रतिशत छन्। त्यस्तै ६१ वर्ष देखि ७० वर्षसम्मका २.७ र ७१ देखि ८० वर्षसम्मका १.१ प्रतिशत छन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell