PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निशुल्क खाना खुवाउने सानो पाइलाको पुनर्स्थापना केन्द्रका २९ जनालाई कोरोना संक्रमण पुष्टि



राधेश्याम पटेल

निशुल्क खाना खुवाउने सानो पाइलाको पुनर्स्थापना केन्द्रका २९ जनालाई कोरोना संक्रमण पुष्टि

वीरगंज : विगत ५ महिनादेखि निशुल्क भोजन खुवाउँदै आएको एक पुनर्स्थापना केन्द्रका २९ जनामा कोरोना पुष्टि भएको छ। सानो पाइला संस्थाको वीरगंज ८ पानीटयांकीमा रहेको लागूऔषध प्रयोगकर्ताहरुको लागि सञ्चालनमा रहेको सुधार गृह अर्थात पुनर्स्थापना केन्द्रका ४ जना कर्मचारी र २५ जना लागूऔषध प्रयोगकर्तामा कोरोना संक्रमण भेटिएको हो।

शुक्रवार स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको सानो पाइलाका कार्यकारी निर्देशक कन्चन झाले जानकारी गराए। ‘हामी आफै चिन्तित छौ, शुरुदेखि नै पूर्ण रुपमा सिल लक गरी समाजिक सेवामा जुटेका थियौं,’ उनले भने, ‘भित्रका मानिस बाहिर आउजाउ गरेका छन् कि खरिद गरिएको सामान वा त्यहाँ स्वास्थ्य अवस्था परीक्षण गर्न गएका डाक्टरबाट सर्‍यो कि, यकिन साथ भन्ने कन्डिसन छैन।’

३३ जनामध्ये ४ जना नेगेटिभ नतिजा आएकालाई छुट्टै ठाउँमा सिफ्ट गरिएको र पुनर्स्थापना केन्द्रलाई स्थानीय प्रशासनको सहकार्यमा समन्वय गरी चिकित्सकीय सुविधाअनुसार आइसोलेसन वार्ड बनाइएको उनले बताए। गत वैशाख दोस्रो सातादेखि करिब १० दिन सो केन्द्रमा खाना पकाएर गरिब अहसायलाई खाना खुवाइएको थियो ।तर पछिल्ल्लो समय जेठदेखि पुर्नस्थापना केन्द्रका प्रयोगकर्ता र कर्मचारीहरुको मात्र खाना त्यहाँ पाक्ने गरेको सानो पाइलाका कार्यकारी निर्देशक झाले स्पष्ट पारे।

सानो पाइलाले वीरगंजमा अत्याआवश्क औषधि पनि रक्सौल बाट मागएर पर्सा प्रहरीको हेल्प डेस्कको सहकार्यमा वितरण गरेको छ भने अल्पाइन हस्पिटलमा पकाएको स्वस्थ खानेकुरा पनि वीरगंजको नारायणी र गण्डक कोभिड अस्पतालका करिब ६ सय संक्रमितलाई खुवाउने कार्य गरेको। वीरगंज तथा पर्साका असहाय परिवारलाई गरी करिब ६५ हजारलाई खाना खुवाएको जनाएको छ। नारायणी अस्पतालाई स्वाब संकलन गर्ने सुरक्षित अस्थायी क्याबिन, भेन्टिलेटर र सिस्टर रोबोट पनि संस्थाले नारायणी अस्पतालाई उपलब्ध गराएको छ भने कैदी, थुनुवा र सुरक्षाकर्मीका लागि पनि रानीसती धर्मशाला, कलवार धर्मशालामा निशुल्क भोजन गराउने गरेको छ। त्यसैगरी, आफ्नै खर्चमा ड्राईपोर्टको वाटिका इन्टरनेसनल होटलमा पनि संक्रमितको व्यवस्थापन र खानाको व्यवस्थापन मिलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell