PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु



फूलमाया पुरी

कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

धरान नगरपालिका १७ नम्बर वडाका ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

प्रवक्ता डा. सापकोटाका अनुसार मृतक दुवै जना एकै परिवारका आमा छोरा हुन्। वृद्धा मृतक ६० वर्षिय पुरुषकी कान्छी आमा हुन्।

दुवै जनामा एक साता अघिदेखि अत्याधिक रुघाखोकी स्वाशप्रस्वाशमा समस्या र  ज्वरो आएकाले शनिवार साँझ प्रतिष्ठानमा भर्ना भएका थिए।

प्रतिष्ठानमा भर्ना भएलगत्तै उनीहरुको स्वाब संकलन गरिएको थियो। पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको डा.सापकोटाले बताए।

‘उहाँहरु हिजो साँझ अस्पताल आइपुग्दा नै स्वास्थ्य अवस्था गम्भिर थियो’ उनले भने ‘हिजै स्वाब संकलन गरी बिहान परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो’।

शनिवार साँझ करिब २० मिनेट समय अघिपछि अस्पताल भर्ना भएका दुवै जनाको ४५ मिनेटको फरकमा मृत्यु भएको छ।

शनिवार साँझ ८ बजे प्रतिष्ठानमा भर्ना भएकी आमाको आइतवार बिहान ८:३० बजे मृत्यु भएको हो। उनमा उच्च रक्तचाप मधुमेयको दीर्घ रोगको समस्या थियो।

त्यस्तै शनिवार नै साँझ ८:५९ बजे भर्ना भएका छोराको आइतवार बिहान ७:४५ बजे मृत्यु भएको हो। जसमा मधुमेह र दुई महिनादेखि कलेजोमा समस्या देखिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए।

कोरोना संक्रमणबाट मृत्यु भएका दुवैको नेपाल सरकारको प्रोटोकल तथा नियमअनुसार शव व्यवस्थापन हुने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell