काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। आइतवार १२:३० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा उपचाररत बुटवल ५ का ६७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
कोभिड-१९ संक्रमण पुष्टि भइ ती पुरुष आजै बिहान ४:३५ बजे अस्पतालमा भर्ना भएका थिए। ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। यो सँगै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ९ पुगेको छ।
