काठमाडौं : चितवन मेडिकल कलेजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। कलेजका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार संक्रमितको उपचारका क्रममा आइताबार मध्यान्ह मृत्यु भएको जानकारी दिए।
भरतपुर ११ का ५२ वर्षका पुरुषको मृत्यु भएको हो। भदौ ४ गते ज्वरो आएपछि अस्पतालमा भर्ना भएका उनमा ७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका उनलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा निमोनियाको संक्रमण पनि देखिएको र उपचारकै क्रममा १२ बजे मृत्यु भएको लम्सालले जानकारी दिए।
