PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

सरकारले वीरगंज पठाएका डाक्टरमध्ये तीन जनामात्र काममा, पाँच जना होटलमै टाइमपास गर्दै!



राधेश्याम पटेल

सरकारले वीरगंज पठाएका डाक्टरमध्ये तीन जनामात्र काममा, पाँच जना होटलमै टाइमपास गर्दै!

वीरगंज : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले एक हप्ताअघि वीरगंजस्थित नारायणी अस्पताल पठाएको ८ जना विशेषज्ञ डाक्टरको टोलीमध्ये ३ जनामात्र काम लाग्ने देखिएका अस्पताल स्रोतले जनाएको छ।

बाँकी ५ जनालाई सरकारले वीरगंज पठाएर झरा टार्ने काममात्र गरेको अस्पताल विकास समितिका एक पदाधिकारीले बताए। वीरगंजमा समुदायस्तरमा कोरोना महामारी फैलिएपछि तथा नारायणी अस्पतालमा चिकित्सक तथा दक्ष जनशक्ति माग गर्दै नारायणी अस्पतालले मन्त्रालयसँग पत्राचार गर्दै विशेषज्ञ डाक्टरको टोली पठाइदिन माग गरेको थियो। तर, वीरगंजको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको र यसपाली पनि काम नलाग्ने डाक्टर पठाएर वीरगंजलाई धोका दिएको वीरगंजका चिकित्सकहरुमा चर्चा शुरु भएको छ। नारायणी अस्पताल स्रोतका अनुसार मन्त्रालयले पठाएका ८ जना डाक्टर तथा स्वास्थ्यकर्मीहरु अहिले वीरगंजको आदर्शनगरमा रहेको पुजन होटलमा आवसीय सेवा पाइरहेका छन्। ८ जना मध्ये २ जना फेमिली फिजिसियन तथा एक जना प्याथोलोजिस्ट मात्र अहिलेको कोरोना संकटको बेला स्वासथ्य सेवा प्रारम्भ गरेका बाँकी ५ जना डाक्टर पाँच दिन बितिसक्दा पनि ड्युटीमा खटाइएका छैनन्।

‘सरकारले बेकारमा ५ जनालाई पठाएको छ, ५ जनामा अर्थो, बालरोग विशेषज्ञ, नाककान घाँटी, मानसिक रोग विशेषज्ञलाई रहेका छन्,’ नारायणी अस्पताल विकास समितिका एक पदाधिकारीले भने, ‘उनीहरुलाई काठमाडौं फिर्ता गरी यथाशीघ्र कोरोना महामारीमा खटिने डाकटर पठाउनु पर्छ।’ बिना काम होटलमा बसेर दैनिक खर्च बढाएर केही नहुने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell