अभिनेत्री रेखा थापाले कोभिड १९ महामारीमा खटिएका स्वास्थ्यकर्मी र संक्रमण भएका व्यक्तिलाई माया र सम्मान गर्न अपिल गरेकी छन्।
महामारीको समयमा स्वास्थ्यकर्मी र संक्रमितमाथि दुर्व्यवहारका घटना बाहिर आइरहेका बेला रेखाले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत यस्तो अपिल गरेकी हुन्।
‘संक्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (साबधानी साथ)। भाइरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ,’ उनले भनेकी छन्, ‘खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभवान आफन्तलाई उच्च सम्मान गरौं।’
यसअघि अभिनेत्री बर्षा शिवकोटीले पनि स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न र माया तथा सद्भाव देखाउन आग्रह गरेकी थिइन्।
