PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

नेपालमा कोभिड १९ को नयाँ रेकर्ड : एकै दिन १२ सय २१ संक्रमित थपिए, १४ जनाको मृत्यु



पहिलोपोस्ट

नेपालमा कोभिड १९ को नयाँ रेकर्ड : एकै दिन १२ सय २१ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं: आइतवार १२ सय २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै धेरै हो।

१२ हजार ७ सय १७ जनाको गरिएको पीसीआर परीक्षणमा १२ सय २१  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हालसम्म १७ हजार ५ सय १८ संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। हालसम्म कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ। 

२ सय ६७ जना डिस्चार्ज भएका छन्।

त्यसैगरी १४ जनाको मृत्यु भएको छ। यो पनि हालसम्मकै धेरै संख्या हो। कुल मृतकको संख्या २२१ पुगेको छ। 

शनिवार ८ सय ८४ जनामा संक्रमण देखिएको थियो भने १२ जनाको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell