PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

विराटनगरका ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए



पहिलोपोस्ट

विराटनगरका ४२ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर: प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा ३२ महिला र ६३ पुरुषमा पोजेटिभ देखिएको हो।

मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २ र प्रदेश बाहिरका २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा आज ४२ जना संक्रमित थपिएका छन्। २१ महिला र २१ पुरुष रहेका छन्।

मोरङकै लेटाङ नगरपालिकामा १ महिला, पथरीशनिश्चरे र रंगेली नगरपालिकामा १–१ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै सुनसरीको दुहवीमा १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष संक्रमित थपिएका छन्।

त्यस्तै स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको छ।

प्रदेश १ मा आजसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३ सय ११ पुगेको छ।

प्रदेश १ मा कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ। जसमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका रहेका छन्।

प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन्। उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell