PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

‘होम डेलिभरी’ सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न समिती गठन



पहिलोपोस्ट

‘होम डेलिभरी’ सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न समिती गठन

काठमाडौं : कोभिड-१९ को संक्रमणको समयमा होम डेलिभरीलाई व्यवस्थित गर्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित बैठक सम्पन्न भएको छ।

गत बिहीवार प्रहरी प्रशासनले इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरूलाई पक्राउ गरेको थियो।  लगत्तै संचालकहरूको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो।

बैठकले डेलिभरी प्रणालीमार्फत् सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरी पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंको सम्योजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक-एक जना अधिकृत प्रतिनिधिसहितको समिती गठन गर्ने भएको हो। समितीले इ-कमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समितीका संयोजक एवं सहायक प्रजिअ जनकराज भट्टले बताए।

नेपाल इ-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होम डेलिभरीलाई बिहान ५ बजे देखि बेलुकी ९ बजे सम्म निर्वाध संचालन गर्न दिनुपर्ने माग राखेको बताए।

यो विषम परिस्थितिमा उपभोक्ताको आवश्यकता पूर्ती र अर्थतन्त्र चलायमान बनाउन इ-कमर्सको भूमिका महत्त्वपूर्ण रहने भट्टको दावी छ।


स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डिलिभरी पसलहरुको भिडभाड भन्दा सुरक्षीत हुने तर्क पठाओका संचालक असिममान सिंह बस्न्यातले बैठकमा राखेका थिए। त्यस्तै इ-कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना सङ्क्रमणको जोखिम कम हुने बस्न्यातले बताए।

भदौ ११ गते बिना पुर्व सूचना इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौं अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका संचालक एवम् डेलिभरी कर्मचारी गरी ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell