PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कालिकोटमा पहिरो : दुई महिने शिशुसहित ४ जनाको मृत्यु, सात जना बेपत्ता



पहिलोपोस्ट

कालिकोटमा पहिरो : दुई महिने शिशुसहित ४ जनाको मृत्यु, सात जना बेपत्ता
फाइल तस्विर

सुर्खेत : कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा माटोको ढिस्कोले पुरिँदा ४ जनाको मृत्यु भएको छ। घरमाथिको माटोको ढिस्को आउँदा पाँच घर पुरिएका छन्।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिकाका पाँच वर्षीय निराजन शाही, ४० वर्षीय प्रयाग शाही, मृतक शाहीको ८ वर्षीय छोरी हिमा शाही र दुई महिने छोरा अक्कल शाही रहेको प्रदेश प्रहरी कार्यालय कर्णालीका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

उनका अनुसार आइतवार विहान आएको पहिरोमा ७ जना हराइरहेका छन्। बेपत्ताहरुको खोजी कार्य जारी छ।

पहिरोमा परेका दुई जनाको जिवितै उद्धार गरिएको डीएसपी तिम्सिनाले बताए। उनका अनुसार तिलागुफा नगरपालिकाका ११ वर्षीय अर्जुन हमाल र हिमा गाउँपालिका जुम्लाकी ३५ पन्ना शाहीलाई जिवितै उद्धार गरिएको हो।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell