PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

धनुषामा लागुऔषध सहित दुई युवक पक्राउ



पहिलोपोस्ट

धनुषामा लागुऔषध सहित दुई युवक पक्राउ

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको विदेह नगरपालिका वडा नं. १ ठाढीस्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अबस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

पक्राउ पर्नेहरुमा जिल्लाको कमला नगरपालिका वडा नं. ३ का २० वर्षीय गोबिन्द मण्डल र सोही ठाउँ बस्ने २० वर्षीय कृष्ण कुमार साह रहेका छन्। डीएसपी मिश्रले भने, ‘गोबिन्द मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेकजाँच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पत्तामा जम्मा ९ सय पिस प्रतिबन्धित लागु औषध ट्याबलेट र उनको साथि कृष्ण कुमार साहको दाहिने खल्तिबाट मोबाइल एक थान बरामद गरिएको छ।’

दुवै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell