PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



पहिलोपोस्ट

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा आइतवार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कुल एक हजार चार सय २० स्वाबको नमुना परीक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा जम्मा आठ सय एक स्वाबको नमुना परीक्षण गरिएकोमा वीरेन्द्रनगरका तीन जना र चौकुने गाउँपालिकाका पाँच जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, सल्यानको बनगाडकुपिण्डे नगरपालिकाका दुई जना रहेका छन् भने शून्यमा झरेको हुम्लाको नाम्खा गाउँपालिकाका एक जनामा पनि संक्रमण देखिएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिकाका र अछामको पञ्चविनायक नगरपालिकाका चार/चार जनामा संक्रमण पुष्टि भएको छ।

बर्दियाको बढेयाताल गाउँपालिका, काठमाडौंको गोकर्णेश्वर नगरपालिका र रौतहत चंद्रपुर नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा १३ जनाको स्वाब परीक्षण गरिएकोमा सल्यानको कुमाख गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको छ।

दैलेख अस्पतालमा गरिएको १६ जनाको परीक्षणमा कुनै पनि केस देखिएको छैन भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जम्मा पाँच सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा कसैको पनि पोजेटिभ देखिएको छैन।

योसँगै कर्णालीमा संक्रमण पुष्टि हुनेको संख्या दुई हजार चार सय दुई पुगेको छ। कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ७१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell