PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसरले टाउको च्यापेर एक जनाको मृत्यु



रासस

च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसरले टाउको च्यापेर एक जनाको मृत्यु

झापा : च्याउ खेतीका लागि पराल काट्ने क्रममा थ्रेसरले टाउको च्यापेर आज झापाको कनकाई नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ। कनकाई-२ निवासी २४ वर्षीय विकास लिम्बूको चलिरहेको थ्रेसर मेसिनले टाउको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिप्रका झापाका प्रवक्ता राकेश थापाका अनुसार हरि कार्कीका घरमा च्याउ खेतीका लागि पराल काट्नका लागि मे १ त ६४४७ नम्बरको ट्रयाक्टरमा थ्रेसर जडान गरिएको थियो। अपराह्न १ः३० बजे यन्त्रमा च्यापिएर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell