PahiloPost

Jun 24, 2025 | १० असार २०८२

‘विप्लव’ समूहका नेता भुजेल र पौडेल रिहा, छुटेसँगै फरार



रासस

‘विप्लव’ समूहका नेता भुजेल र पौडेल रिहा, छुटेसँगै फरार

सप्तरी : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन्।

सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एसोसिएसनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एसोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिनुभयो।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो। जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए। सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell