काठमाडौं : गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को नयाँ गीत सार्वजनिक भएको छ। ‘सार्टनैको चोली’ बोलको गीत यूट्युब रिलिज भएको हो। अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको स्वरमा गायकलाई दीपा लामाले साथ दिएकी छन्।
गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् भने गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।
यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नविन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ।
