PahiloPost

Jun 24, 2025 | १० असार २०८२

विदेशमा अलपत्र ४ सय ८९ नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश



रासस

विदेशमा अलपत्र ४ सय ८९ नेपाली चार्टर्ड विमानमार्फत फर्किए स्वदेश

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन्।

नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ। हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ। मालिन्डो एयरले क्वालालम्पुरबाट १७३ नेपाली काठमाडौं ल्याएको छ। यस्तै, श्रीएयरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ।

सोमवार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ। नेपाल एयरलाइन्सले दुबई र दोहा तथा हिमालय एयरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell