वीरगंज : वीरगंजमा भएको ४ सय ३९ वटा स्वाब नमुनाको परीक्षणबाट ८ महिला र ३३ पुरुष गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतवार अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको नतिजाअनुसार पीसीआर तर्फ पर्साका ३२, बाराका ४ र सर्लाहीका १ जना र जिन एक्सपर्ट परिक्षण तर्फ पर्साका थप तीन जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कुल ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार संक्रमितहरुको उमेर ६ वर्षदेखि ७० वर्षका रहेको छ।
सर्लाही रामनगर गाउँपालिकाका एक जना, बारा केल्हबी नगरपालिकाका ३ जना, महागढीमाई नगरपालिका १ जना गरी ४ जना रहेका छन्। पर्साका ३२ जनामा वीरगंज ११ नम्बर वडाका १२ जना, २० का २ जना, २ का ३ जना, १५ का १ जना, ६,१३ र ५ नम्बर वडाका एक–एक जना रहेका छन्। त्यसैगरी, जिन एक्सपर्टमा पोजेटिभ देखिएका ३ जना पनि पर्साकै बासिन्दा भएको नारायणी अस्पतालकी प्रमुख प्याथोलोजिस्ट डाक्टर नीरा पाठकले जानकारी दिइन्।