
चितवन : भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डाक्टर प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्ष ल्याइएको थियो। उनको आज बिहान ७:२० मा मृत्यु भएको पौडेलले जानकारी दिए।
यससँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा चितवनका छ जना रहेका छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो। यस्तै, मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक/एक जनाको चितवनमा मृत्यु भएको हो।