PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

कोभिड -१९ देखिएपछि 'होम आइसोलेसन', समस्या आएपछि अस्पताल लैजाँदा बाटैमा बितिन्



रासस

कोभिड -१९ देखिएपछि 'होम आइसोलेसन', समस्या आएपछि अस्पताल लैजाँदा बाटैमा बितिन्

रुपन्देही : कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो। शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ। उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell